arrow

मोदीलाई जनकपुरमा नेपाल सरकारका मन्त्रीले स्वागत गर्ने

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
modi4.jpg

काठमाडौं। नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नेपालका बरिष्ठ मन्त्रिले स्वागत गर्ने भएका छन्। मोदी पटनाबाट हेलिकप्टर मार्फत सिधै जनकपुर आउने कार्यक्र रहेको जनाईएको छ।

नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उनि भारतको पटनाबाट सीधै जनकपुर आउने भएका छन् ।  

सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौँ फर्कने र भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा रहनेछन् । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ