arrow

सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभए सम्म मुलुक समृद्ध हुनै सक्दैन : गगन थापा

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
gagan-thapa3.jpg

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभए सम्म मुलुक समृद्ध हुनै नसक्ने बताएका छन् । १ सय २९ औं श्रमीक दिवसको अवसरमा ओम हस्पिटल कर्मचारी यूनियनले गरेको कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले समृद्धि व्यक्ति विशेषका लागि भन्दा पनि आम नागरिक केन्द्रित हुनुपर्छू बताए।

काठमाडौं क्षेत्र नम्बर ४ का निर्वाचित सांसद पनि रहेका थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको तथ्य औल्याउँदै स्वास्थ्य ऐनको प्रभावकारी निर्माणसँगै त्यसको कार्यान्वयनमा जोड दिए ।  विभिन्न वहानामा स्वास्थ्य संघ संस्थामा हुने गरेका तोडफोडका घटनालाई कुनै पनि हालतमा स्विकार गर्न नसकिने बताए।  प्रशासनले गोप्य रुपमा तोडफोडका घटनालाई साम्य पार्ने प्रयास गर्दा समस्या झन् बल्झने गरेको टिप्पणी गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रजातान्त्रीक हक अधिकार सुनिश्चित भएसँगै ट्रेड यूनियनको दायरा फराकिलो भएको तर्क गरे ।

ओम हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हितसँगै कर्मचारीको वृत्ति विकासलाई यूनियनले विशेष प्राथमिकता दिएको बताए । यूनियनका जागज मागलाई बेवास्ता गर्दै प्रशासन अघि बढेमा त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन नै हुने चौलागाईले बताए । यूनियनका उपाध्यक्ष विक्रम मुडभरीले कर्मचारी दास हुन् भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे ।

अग्रज मजदूर नेता तथा यूएनआई एशिया प्यासिफिक डाइरेक्टर राजेन्द्र आचार्यले ट्रेड यूनियनलाई समस्याको रुपमा लिने सोच नै गलत भएको बताए  । ट्रेड यूनियनले समस्या समाधान गर्न सधै प्रभावकारी भूमिका खेल्ने गरेको आचार्यले बताए ।

 काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्ध कुमार डंगोलले सार्वजनिक उत्तरदायित्य बोध गर्दै गुणस्तरीय सेवामा ध्यान दिन ओम अस्पताल प्रशासनलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ