arrow

भेंडा चढाउन गएका मृत भेटिए

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
Dead_Body.jpg.jpeg

रुकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

प्रनाउ श्रेष्ठका अनुसार उनी घरबाट भेंडा चढाउन गएका थिए । सोमबार असिना पानीसँगै चट्याङ परेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कामी चट्याङ लागेर वा भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले रुकुम पठाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ