arrow

यसकारण सरकारमा जान चाहँदैनन् उपेन्द्र यादव

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच मंगलबार श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ बनेको हो । 

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको घोषण गर्दै श्रमिक हकहित र संरक्षणका लागि संघर्षरत दुई संगठन एक हुनु राम्रो भएको बताए ।

संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताउँदै उनले भने, “जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जादैँनौं, बरु विपक्षीको भूमिका निर्वाह गर्छौं ।” 

अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिब, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने बताए ।

एकीकरणपछि बनेको ट्रेड युनियन महासंघको अध्यक्षमा नवराज दाहाल, सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल रहेका छन् ।  

यसैगरी उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनितादेवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव, महासचिवमा डिबी सरोज राई, उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र वैद्य र बलराम चौधरी, सचिवमा यज्ञकुमार राई, कुलमाया गोले, वासुदेव यादव, गोपाल राई, राजेन्द्र भुसाल र रामविलास यादव तथा कोषाध्यक्षमा शोभा मण्डलसहित ८७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ