arrow

फ्रान्समा व्यापक प्रदर्शन, दुई सय मजदुर परे पक्राउ

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
protest.jpg

काठमाडौं । फ्रान्समा विश्व मजदुर दिवसका दिन निकालिएको र्यालीमा हस्तक्षेप भएपछि प्रहरीले दुई सय मजदुरलाई पक्राउ गरेको छ । 

राष्ट्रपति इमानुयल म्याक्रोनको श्रमिक सुधारको योजना बिरुद्ध आयोजना गरिएको शान्ति र्यालीमा उग्र वामपन्थी समूहले हस्तक्षेप गरेपछि झडपसमेत भएको थियो ।

सो समूहका कार्यकर्ताले शान्तिपूर्ण र्यालीमा प्रवेश गरी जथाभावी तोडफोड र आगजनी गरेपछि उनीहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पेरिस शहरका धेरै पसलमा आगजनी, तोडफोड र सवारी साधनमा क्षति पुर्याएका छन् ।

हिंसात्मक घटना नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार र पानीका फोहोरा प्रयोग गरेको थियो ।

घटनामा एक प्रहरी अधिकृतसहित चार जना सामान्य घाइते भएका छन् । 

Tear gas floats around masked protesters during clashes with French CRS riot police at the May Day labour union rally in Paris, France 1 May 2018.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ