arrow

मोदीको अभिनन्दनका लागि ५० हजार हैन लाखौं उत्रिदैछन् 

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
modi-7591.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा सीधै जनकपुर पुग्ने भएका छन् । अहिलेसम्मका कुनै पनि राष्ट्रका कार्यकारी काठमाडौं नआइ पहिले मोफसलमा जाने यो पहिलो पटक हुनेछ । 

बैशाख २८ गते उनी भारतको पटनाबाट सीधै जनकपुर जानेछन् । यसका लागि तयारी तीव्र पारिएको छ । 

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलका अनुसार यस्ता छन् बैशाख २८ गतेका लागि तय भएका जनकपुरका कार्यक्रम–

पहिलो –पटनाबाट तीन वटा हेलिकप्टरमा जनकपुर आउने । बाह्रबिघामा मोदीका तीन वटा हेलिकप्टर अवरतरण गर्नेछन् । उनलाई त्यहाँ वरिष्ठ मन्त्रीहरुले स्वागत गर्नेछन् ।

दोस्रो –बाह्रबिघाबाट मोदी सीधै जानकी मन्दिरमा जानेछन् । पूजाअर्चना (प्रधानमन्त्री केपी शर्मा ओलीसमेत) गर्नेछन् । अनि दुवै प्रधानमन्त्री मिलेर रामायण परिपथ उद्घाटन गर्नेछन् ।

तेस्रो– त्यसपछि लगत्तै ओली काठमाडौं फर्कनेछन् भने प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सहभागी हुनेछन् ।

सोनलका अनुसार लाखौं नेपाली नागरिक अभिनन्दनमा सहभागी हुँदैछन् । उनले भने, ‘५० हजार कुर्सीको त व्यवस्था भइसकेको छ । ८ जिल्लाबाट प्रदेश २ का नागरिकहरु अभिनन्दनमा सरिक हुनेछन् ।’ उनले थपे, ५० हजार मात्र भनेर प्रचार गरिएको छ त्यो होइन लाखौं सहभागी हुँदैछन् ।’

सुरक्षाकर्मीको कडा व्यवस्था गरिएको छ । पाँच तहको सुरक्षामा सात हजार सुरक्षाकर्मी खटिने छन् । मंगलबार गृहमन्त्री रामबहादुर थापा समेत निरीक्षण गर्न पुगेका थिए।

अभिनन्दनस्थलको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन, तथा ड्रोन क्यामराहरु समेत प्रयोग हुने छ ।

मोदीको जनकपुर भ्रमणलाई भव्य बनाउन प्रदेश सरकार र जनकपुरधाम उपमहानरपालिकाले फरक फरक समिति गठन गरेका छन् ।

मोदीलाई जनकपुर उपमहागनरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । मेयर साहले नै अभिनन्दन पत्र पढेर प्रम मोदीलाई प्रदान गरिने छ । अभिनन्दनपछि मोदी काठमाडौं आउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ