arrow

मोदी नेपाली धार्मिक पर्यटनका ‘ब्राण्ड एम्बेसेडर’ 

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
narendra-modi.jpg.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली धार्मिक पर्यटनका सबैभन्दा ठूला ‘ब्राण्ड एम्बेसेडर’ बन्ने पक्का भएको छ । एक राजनीतिक विष्लेषकका अनुसार मोदीले जनकपुरधामबाट गर्न थालेको आसन्न नेपाल भ्रमण धार्मिक पर्यटनको सबैभन्दा ठूलो पाइला हो । 

अहिलेसम्म कुनै पनि देशका कार्यकारीले काठमाडौं आएपछिमात्र अन्य क्षेत्रमा जाने गर्दथे । मोदी सीधै जनकपुर आउँदैछन् । यो केवल धार्मिक यात्रा मात्र हुने सम्भव छ । 

मोदीले जनकपुर आएर आफू अभिनन्दित हुनुपूर्व जानकी मन्दिरमा पूजाआजा गर्नेछन् । त्यसपछि उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंग मिलेर रामायण परिपथ उद्घाटन गर्नेछन् । 

अनि अभिनन्दित भएपछि आफ्नो संवोधन दिनेछन् । उनको सम्वोधनमा धर्मसंगै जोडेर नेपाल र भारत सम्बन्धलाई गाँस्ने प्रयत्न हुने बताइन्छ । 

मोदीको उक्त संवोधनमा नेपाल र भारत दुवैको धार्मिक पर्यटन जोडिने सम्भावना रहेको बताइन्छ । उनको सम्वोधनमा जनकपुरधाम र अयोध्यालाई जोडिने छ । 

मोदी जनकपुरधामको कार्यक्रमपछि उनी मुक्तिनाथ जानेछन् । अर्थात् पुगनपुग उनको जनकपुर बसाई तीन घण्टाको हुनेछ । 

काठमाडौं आएपछि उनले प्रधानमन्त्री ओलीसंग वान टु वानदेखि लिएर सामुहिक पनि छलफल गर्नेछन् । केही सम्झौता हुनसक्ने बताइन्छ । 

तर मोदीको यसपटकको धार्मिक पर्यटनको हिसाबले हुनेछ । मोदीले प्रदेश २ को जनकपुर र प्रदेश ४ को मुक्तिनाथलाई समेटेर गर्ने यसपटकको भ्रमणले उनको धार्मिक पर्यटनको कुशल ‘ब्राण्ड एम्बेसेडर’ लाई अझ खुलाउने छ । 

कसरी ‘ब्राण्ड एम्बेसेडर’ ? 
मोदीले गर्ने जनकपुर र मुक्तिनाथको दर्शनको समाचार नेपाल र भारतका सबै संचारमाध्यममा प्राथमिकताका साथ आउने छन् । 

जनकपुरसंगको भारतीय धार्मिक नाता, सीता–राम सम्बन्धदेखि लिएर मुक्तिनाथमा समेत हिन्दू धार्मिक नाता निकै गहिरो छ । 

भन्ने गरिन्छ कि जतिसुकै धामको दर्शन गरे पनि मुक्तिनाथको दर्शन नगरेसम्म त्यो अपूरो हुन्छ । त्यसैले पनि मुक्तिनाथलाई विशेष जोडका नाथ लैजान सकिन्छ । 
मोदीका लाखौं फेसबुक र ट्वीटरका फलोअर छन् । उनले जनकपुर र मुक्तिनाथमा भएका गतिविधिहरु ती सामाजिक संजालमा राख्नेछन् । जसले गर्दा नेपालमा धार्मिक पर्यटन बढ्ने निश्चित छ । 

एक जानकारका अनुसार मोदीको यो मन्त्र सफल भयो भने लाखौं भारतीयहरुले यो धार्मिक पर्यटनको मार्गलाई पछ्याउने छन् । 

त्यसो भए पटना हुँदै जनकपुरधाम आएरमात्र काठमाडौं छिर्ने अनि पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ अनि लुम्बिनीसम्म पुग्ने योजना निकै राम्रो हुन सक्छ । 

प्रदेश ४ को समृद्धिका लागि मुक्तिनाथको मार्गलाई सहज बनाउने प्रयास भइरहेको छ भने पोखरामा पर्यटक अड्याएर मुक्तिनाथसंगै अन्नपूर्ण सर्किट र कागबेनीसम्म लैजाने योजना बन्दैछ । 

मोदी आफैमा धार्मिक ब्राण्ड हुन् । उनी योगका पक्षधर पनि हुन् । भारतमा संसदीय चुनाव पनि हुँदै गर्दा मोदीको यसपटकको धार्मिक यात्राले निकै महत्व राख्ने समेत विष्लेषण गरिएको छ । 

एक विष्लेषक भन्छन्, ‘धर्मलाई पैसासंग दाँज्न सकिँदैन । मोदीले त्यो धार्मिक छविलाई जति भारतको आफ्नो राजनीतिक यात्रामा लगाइरहेका छन् त्यत्ति नै उनले नेपालको धार्मिक पर्यटनको सम्भावनालाई पनि अगाडि बढाउने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ