arrow

गुटबन्दी छोडेर एकजुट हुन जरुरी : शशांक कोइराला

logo
रामचन्द्र दुलाल,
प्रकाशित २०७५ वैशाख १९ बुधबार
nc.jpg

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री  शशांक कोइरालाले गुटबन्दी छोडेर एक भई अगाडी बढ्नुपर्ने बताएका छन् ।  मंगलवार मेलम्ची नगरपालिकाको थकनी ओख्रेनीचौरमा कांग्रेसको प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसी सबै एक हुनुपर्ने सन्देश दिए ।
 
उनले  भने ‘नमिठो हार व्यहोरिसकेका छौ, अब खारिएर एकमतमा अगाडी लाग्न जरुरी छ ,। गएको शुक्रवारबाट ओखरेनी चौरको मध्य जंगलक्षेत्रमा गरिएको प्रशिक्षण कार्यक्रमको समापन गर्न पुगेका महामन्त्री कोइरालाले स्थानीयलाई कांग्रेसले गरेको विकासक्रम बारे सम्झाए  ।
उनले पीता जीले ल्याएको समाजवादलाई अन्य देशले अपनाइरहेको र यसलाई मापन गर्नुपर्ने सुनाए ।
 
पूर्व सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस सरकारमा नरहेपनि विकास गर्न अगाडी रहेको बताए  । ‘प्रशिक्षणले नयाँ सन्देश र तंरग ल्याएको छ ,यहाँको युवावर्गले यसलाई सदुपयोग गरेका छन्,’उनले भने । यस्तो प्रशिक्षणलाई देशभर नै व्यापक बनाएर लैजाने योजना रहेको छ ।
 
कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ, गुरु घिमिरे , राष्ट्रिय सभा सदस्य बद्रि पाण्डे, प्रदेश सभा सदस्य जिवन परियार र काभ्रेका सभापति मधु आचार्यलगायतले प्रशिक्षण दिएका हुन् । साबिक क्षेत्र न ३ का २४ गाविसका ८६ जना प्रतिनिधिलाई प्रशिक्षण दिइएको थकनीका कांग्रेस इकाइ सभापति कृष्णबहादुर तामाङ समिरले जानकारी दिए  । .



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ