arrow

दलित नेता कुटपिटको बिरोधमा नगरपालिकामा तालाबन्दी , बजार बन्द

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ वैशाख १९ बुधबार
dalit.jpg

बेलौरी,कञ्चनपुर । आफ्ना दलित नेतालाई कुटपिट गरिएको एक महिना बित्दा समेत प्रशासनले दोषी लाई कार्वाही नगरेको भन्दै दलित संघ र कांग्रेस कार्यकताहरु बुधवार देखि चरणबद्व आन्दोलनमा उत्रिएका छन् ।

कञ्चनपुरको दक्षिणी भेगको बेलौरी नगरपालिकामा  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका जिल्ला उपाध्यक्ष धर्मसिह मिस्त्री माथी कुटपिटको घटनाको एक महिना बित्दा समेत प्रशासनले पक्राउ नगरेको भन्दै चरण बद्व आन्दोलनमा उत्रिएको नेपाली कांग्रेस समर्थकहरुले बुधबार बेलौरी बजार बन्द गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

गत चैत १८ गते बेलौरी नगरपालिकाको वडा नम्बर ६ स्थित वडा कार्यालयमा दलित आवासको बिषयमा छलफलका क्रममा बिवाद चर्कदा वडा अध्यक्ष रामप्रकाश बडायकले मिस्त्रीलाई कुटेका थिए । कांग्रेस समर्थकहरुको चर्को दवाब पछि चैत २२ गते वडा अध्यक्ष विरुद्ध ईलाका प्रहरी कार्यालय बेलौरीले मुद्दा  दायर गरेको थियो ।

प्रहरीले मुद्दा  दर्ता गरेको लामो समय बित्दा समेत आरोपित वडा अध्यक्ष लाई प्रहरीले पक्राउ नगरे पछि आन्दोलित बनेका कांग्रेस कार्यकर्ताहरुले बुधबार बेलौरी बजार बन्द गराउदै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन ।

बजार बन्द गराइसके पछि प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ताहरुले ईलाका प्रहरी कार्यालय बेलौरीको मुल गेटमा धर्ना दिई रहेका छ्न ।

कार्यालयमा सेवा लिन पुगेका दलित नेतामाथी कुटपिटमा संलग्न रहेका वडा अध्यक्ष बडायकलाई यथा सिघ्र पक्राउ गर्न प्रशासनले पहल नगरे कडा आन्दोलन गर्न बाध्य हुने नेपाली कांग्रेस महासमिति सदस्य एवं पुर्व साँसद दिवानसिह बिष्टको नेतृत्वमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस र भातृसंगठन नेपाल दलित संघका कार्यकहरुले जनाएका छन् ।

नेपाली कांग्रेस कार्यकर्ताहरुले नगरपालिकामा तालाबन्दी गरे पछि दिन भर नगरपालिकाका नियमित काम ठप्प भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ