गुल्मीका दलित र विपन्नका घरबस्तीमा पुग्दैछन् युवा नेता थापा
कौरव खत्री,
प्रकाशित २०७५ वैशाख १९ बुधबार
533
Shares
गुल्मी । नेपाली कांग्रेस गुल्मीको ५० दिने महाअभियानलाई सफल बनाउनका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा आजै १९ गते अर्थात बुधवार गुल्मी आउने कार्यक्रम रहेको छ ।
आजै युवा नेता थापा धुर्कोट गाउँपालिकाको वडा नं. ७ मा रहेको एक दलित, गरिव तथा विपन्न परिवारको घरमा बस्ने कार्यक्रम रहेको छ । उनले उक्क्त घरमा बसेर त्यस परिवारको अवस्था वारे जानकारी प्राप्त गर्नेछन् ।
त्यस्तै नेता थापाले भोलि २० गते अर्थात विहिवार विहान १० बजे वाग्लाको बडाचौरमा रहेको कार्यक्रमलाई सम्वोधन गरेर दिउँसो सदरमुकाम स्थित नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाको आयोजनामा बालमन्दिरमा सञ्चालन हुन गइरहेको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।