arrow

सरकार ट्रयाक बाहिर गए कांग्रेसले बाटो देखाउछ : गगन थापा

एमाले -माओवादीले आन्तरिक बिबाद मिलाउन नसकेको अवस्थामा अदृष्य शक्तिको नाम दिनु लज्जास्पद

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख १९ बुधबार
gagan-thapa_(2)1.jpg

बुटवल ।  नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सरकारका राम्रा कामको साथ दिँदै सरकार ट्रयाक बाहिर गएमा चेतावनी दिने कार्य नेपाली कांग्रेसले गर्ने बताएका छन् । उनले हाल बनेको सरकारका राम्रा काममा कांग्रेसले साथ दिने बताउँदै केहि ट्रयाक बाहिर गएमा सरकारलाई बाटो देखाउने कार्य कांग्रेसले गर्ने उनले बताए ।
 
निर्वाचन पछि पार्टि कार्यकर्ता अलमलमा परेको बताउँदै उनले अब पार्टिलाई एक ढिक्का बनाएर लैजाने बताए ।  निर्वाचनको अनपेक्षित हार पछि फरक मत आउनु स्वभाविक भएको बताउँदै फरक मतलाई ब्यवस्थापन गदैृ अगाडि लैजाने तयारी भएको बताए ।
 
बुधबार बुटवलमा कार्यकर्ता तथा पत्रकार भेटघाटमा बोल्दै युवा नेता थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताए ।
 
विध्वंसकारी भूमिका नखेल्ने भन्दै चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।  ३ तहको निर्वाचन पश्चात बनेको केन्द्र र प्रदेश सरकारले संबिधान कार्यान्वयनको बिषयमा कुनै ध्यान दिन नसकेको बताउँदै उनले आफुहरु प्रतिपक्षमा बसेर सरकारलाई सहायता गर्ने बताए ।
 
फरक प्रसंगमा उनले पार्टि भित्रको आन्तरिक बिबाद मिलाउन नसकेको अवस्थामा अदृष्य शक्तिको नाम ल्याउनु लज्जास्पद भएको बताए । एमाले र माओवादी केन्द्र बिचमा हुने क्रियाकलापमा कांग्रेसलाई चासो नभएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ