arrow

मोदी आउने दिन नजिकिदै गर्दा काठमाडौंमा स्वागतको तयारी सुरु

मोदीको स्वागतमा जुटेका युवा को हुन ?(तस्विर सहित )

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
fan-modi.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन १० दिन अगाडि देखिनै स्वागतको लहर देखिएको छ। काठमाडौंमा नेपाल -भारत सम्बन्ध अमर रहोस् भन्दै एक समूहले मोदीलाई नेपालमा स्वागत गर्न आतुर रहेको जनाँउदै प्रदर्शन गरेको छ । नेपाल -भारत सम्बन्ध अमर रहोस् भन्दै उनीहरुले काठमाडौको माइतिघरमा प्रदर्शन समेत गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर अंकित केसरी रंगको टिसर्ट लगाएका उनिहरुले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई माँ जानकी र बाबा पशुपतिनाथको पावन भुमिमा स्वागत गर्न आतुर रहेको बताए ।

कञ्चनजंघा सोसल वल्फेयर फाउन्डेसन एण्ड मिडिया कन्सलटेन्सीले गरेको कार्यक्रममा करिव डेढ सय युवा विद्यार्थीले नेपाल-भारतको सम्बन्ध सदियौ देखि जनस्तरमा राम्रो रहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले यो सम्बन्ध झ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

जनकपुरबाट मुक्तिनाथ हुदै पशुपतिनाथसम्म हुने मोदीको भ्रमणले नेपालको धार्मिक पर्यटनको सम्भावना अझ उजागर हुने आश  गरिएको छ । नेपाल भारत विचको राजनीतिक सम्वन्ध उचाईमा पुर्‍याउन विश्वास व्यक्त गर्दै संस्थाका अध्यक्ष विकास ठाकुरले नेपालको आर्थीक विकासको लागि भारतसँग सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ