arrow

५५ तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
refugee1.jpg

बागलुङ । ढोरपाटनमा बस्दै आएका तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले शिविरमै पुगेर ५५ जना शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो । विगत ५८ वर्षदेखि ढोरपाटनमा बस्दै आएका शरणार्थीको आउँदो चैत मसान्तसम्मलाई परिचयपत्र नवीकरण भएको छ ।

नवीकरणको लागि सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वमा कर्मचारी टोली ढोरपाटन पुगेको थियो । हरेक वर्ष शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको सहायक प्रजिअ पाण्डेले बताए । उनका अनुसार वर्षेनी परिचयपत्र नवीकरण गर्ने शरणार्थीको संख्या घट्दै गएको छ । गतवर्ष ५७ जनाले परिचयपत्र नवीकरण गरेका थिए ।

विसं २०१६ सालमा शरणार्थीको रुपमा ढोरपाटन पुगेका तिब्बती शरणार्थीको संख्या पछिल्लो समय घट्दै गएको छ । शुरुका वर्षमा शरणार्थीका सयौं घर परिवार ढोरपाटनमा बस्ने गरेकामा अहिले सो संख्या घटेर ५० पुगेको छ ।

सरकारले ढोरपाटनमा शरणार्थी बसोबासका लागि अस्थायी जग्गा व्यवस्थापन गरिदिएको छ । दशकौंदेखि यहाँ बस्दैआएका शरणार्थीले आफ्नै मेहनतमा घर बनाएर बसेका छन् । आफ्नै संस्कार र संस्कृति मान्दै आएका शरणार्थीहरु आफूहरुलाई ‘नेपाली’नै भन्न रुचाउँछन् । स्थानीय नेपाली समुदायसँग सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा घुलमिल भएर बसेका शरणार्थीले नेपाली नागरिकताको माग गर्दै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ