arrow

अफगानिस्तानमा मारिएका पत्रकारको सम्झनामा काठमाडौंका पत्रकार भए भावुक

माइतीघरमा दिप प्रज्वलन र शोक सभा

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार

काठमाडौं। गत सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलामा मारिएका पत्रकारहरुको सम्झनामा नेपाल पत्रकार महासंघ र फोटो जर्नलिष्ट क्लब नेपालले बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन तथा शोक सभा गरेको छ।  

दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, वरिष्ठ फोटो पत्रकार विकास रौनियार र फोटो पत्रकार क्लवका अध्यक्ष विकास कार्कीले पत्रकारको कायर हत्याले संसारका पत्रकारहरुलाई अझ बढी संगठीत र आतंकवाद विरुद्ध लड्न प्रेरित गरेको बताए। उनीहरुले कुनै पनि किसिमको दमले पत्रकारहरुको कलम नरोकिने बताए। मृतहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै वक्ताहरुले मारिएका पत्रकारहरुको आफन्तजनप्रति समवेदना प्रकट गरेका थिए। 

Image may contain: 3 people, including Prakash Thapa

दिप प्रज्वलन कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा टेलिभिजन क्यामरा पर्सनहरुको उल्लेख्य उपस्थिति थियो। बम हमलामा परी अफगानिस्तानमा एएफपीमा कार्यरत फोटो पत्रकार शाह मराई, यर महोमद तोखी टोलो न्यूज, महाराम दुरानी रेडियो फ्री यूरोप, अब्दुला हाननजई रेडियो फ्री यूरोप, सबाउन काकर रेडियो फ्री यूरोप, गाजी रासौली वान टिभी, नरुज अलि राजबी वान टिभी, सलिम तलास मासाल टिभी, अलि सालमी मासाल टिभी, अमहद शाह बिबिसी को ज्यान गएको थियो । त्यसैगरी दक्षिणी अफगानिस्तानको खोस्ट प्रान्तमा बीबीसीका पत्रकार अहमद साह मारिएका थिए । 

काबुलस्थित नेटोको मुख्यालय र अमेरीकी दूतावास नजिकै भएको बम बिष्फोटनको समाचार संकलन गरिरहेको अवस्थामा क्यामरासहित पत्रकारको भेषमा मोटरसाइकलमा पुगेका आत्मघाती हमलाकारीहरुले पत्रकारहरुलाई लक्षित गरी बिष्फोट गराएका थिए । 

काबुल घटनामा पत्रकारहरु सहित २५ जना मारिएका थिए । घटनाको आइएसले जिम्मेवारी लिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ