arrow

कहिले होला पार्टी एकता ? घडीले के बताउला ?

ओली र प्रचण्डबीच फेरि छलफल

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
prachanda-oli.png

काठमाडौँ । पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उनीहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 

दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ