arrow

दाइजोमा 'बुलेट बाइक' नदिदा महिलाको शंकास्पद मृत्यु

अनुसन्धानका लागि चार जना प्रहरीको नियन्त्रणमा

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख २० बिहिबार
Anjum.jpg

वीरगन्ज। दाइजोरुपी दानवले फेरी पर्सामा एक युवतीको प्राण हरण गरेको छ ।  थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटि पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर निवासी अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनु परेको हो ।

बैशाख १८ गते विहान ९ बजेको समयमा देवरको कोठामा अन्जुमको शव प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको छ । अन्जुम देवरको कोठामा गइ आफ्नै कुर्ताको सलले  घाटिमा पाशो लगाइ आत्महत्या गरेको घर पक्षले प्रहरीलाई जानकारी दिएपछि घटनास्थलमा प्रहरी पुग्दा अन्जुमको शव भुमा रहेको अवस्थामा फेलापरेको पर्साका प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिए । उनले घटनाको अनुसन्धन गर्दै जाँदा घर पक्षले दिएको जानकारी र घटनाको प्रकृति फरक भेटिएपछि आवश्यक अनुसान्धनाका लागि तीन महिला र एक पुरुष गरी चार जनालाई नियन्त्रणमा लिइएको बताए ।

‘अन्जुमको शव फेला परेको कोठा खुल्ला रहेको, अन्जमुले लगाएको शिशाको चुरा उनकै कोठामा फुटिएर छरेको अवस्थामा फेला परेको , अन्जुमको घाटिमा परेको डाम शंकास्पद देखिनुको साथै घर पक्षले घटनावारे दिएको बयान र घटना स्थलको प्रकृति मेल नखाएपछि आवश्यक अनुसन्धानका लागि अन्जुमका ससुरा कमरुदिन फकिर, सासु हुसना  खातुन, नन्द अंगुरी खातुन र फुपू सासु जमिला खातुनलाई नियन्त्रणमा लिइएको ’ प्रहरी नायब उपरिक्षक लिम्बुको भनाइ रहेको छ ।

पाँच महिना अगाडी रोजगारीका लागि कतार गएका आफरोजले गएको बैशाख १६ गते फोन गरी बुलेट मोटरसाइकल मांग गरेको र नदिए राम्रो नहुने चेतावनी समेत दिएको अन्जमुकी आमा रोशन जहाले जानकारी दिइन् ।  उनले घटना भन्दा एक दिन अगाडी अन्जुमले फोन गरी मोटसाइकल नदिएको कारण घर पक्षले आफुलाई धेरै दुःख दिएको गुनासो गरेको बताइन् ।

१८ महिना अगाडी अफरोजसंग अन्जुमको विवाह गर्दा भारु २ लाख ५० हाजर नगद( नेपाली चार लाख) र एउटा भैसी दाइजो दिएको अन्जुमका पिता मुस्तकिम देवानले बतए । उनले विवाह भएको ५-६ महिना पछि नै थप दाइजोको रुपमा बुलेट मोटरसाइकलको मांग गर्दै छोरीलाई कुटपिट गर्दै आएको र एक वर्ष आगाडी सो विषयलाई लिइ इसलामपुरमा  भद्रभलादमीलाई राखि पन्चाईती समेत गरेको बताए ।

अन्जुमलाई उनका सासु, ससुरा, नन्द र फुफु सासु मिलि मारेको पिता मुस्तकिमले आरोप लगाए । उनले विवाहपछि ज्वाइ र उनका परिवारका सदस्यले थप दाइजो मांग गर्दै आएको र दाइजो नदिएकै कारण छोरीले ज्यान गुमाउनु परको अन्जुमका  पिताको भनाइ रहेको छ ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहिवार अन्जुमको शवपरिक्षण पछि लाश माइति पक्षलाई जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक लिम्बुले जानकारी दिए । उनले घटनावारे अन्जुमका श्रीमान अफरोजलाई जानकारी दिई नेपाल फिर्ता आउन आग्रह गरिको बताए ।

अन्जुमको मृत्यु शंकास्पद देखिएपनि शवपक्षिणको रिर्पोट नआएसम्म केही भन्न नसकिने नायब उपरिक्षक लिम्बुको भनाइ रहेको छ । विवाहका बेला बढी दाईजो र विवाहपछि थप दाइजो कै कारण तराईका जिल्लामा महिलालले सबै भन्दाबढी प्रताडण खेप्नु परेको अनुसन्धनबाट देखिएको प्रहरीले जनाएको छ ।

 केटा पक्षको माग बमोजि दाइजो नदिएको कारण टिकाटालोपछि पनि विवाह नहुदा केटिले आत्महत्या गरेको घटना समेत भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक लिम्बुले जानकारी दिए । उनले दाइजो लिनु र दिनु दुवै दण्डनिय अपराध भएपनि विवाहमा चलनको रुपमा लिने दिने गरिएको बताए । चालुआर्थिक वर्षको दश महिनामा पर्सा जिल्लामा दाइजो कै कारण प्रताडणा खेप्न नसकि २६ जना महिलाले आत्महत्य गरेको अनुसनधनबाट खुलेको प्रहरीले जनाएको छ ।

दाइजो कै कारण महिलाले आत्महत्या गर्दा पुरुषलाई केमा मुद्दा चलाउने कानुनमा व्यवस्था नभएको कारण घटनाका दोषिलाई कार्यवाही गर्न प्रहरीलाई कठिनाई भएको प्रवक्ता लिम्बुको भनाइ रहेको छ ।

श्रीमान र घर पक्षबाट दाइजोको निहुमा दुःख दिएको जानकारी प्रहरीलाई गराए कानुन बमोजिम कार्यवाही हुने भएपछि उजुरी नै नभएको कारण दोषि कार्यवाहीको दायरामा आउन नसेको प्रहरीको भनाइ रहेको छ । दाइजोको निहुमा कुटपिट वा गालिवैजती भए प्रहरीलाई सोको जानकारी गराए दोषिलाई कानुनको दायरामा ल्याउने भएकाले यस्ता घटना वारे जानकारी गराउन सबैलाई पर्सा प्रहरीले आग्रह गरेको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ