arrow

थप दाइजो माग गर्ने बेहुला पक्ष विरुद्ध प्रहरीमा उजुरी

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख २० बिहिबार
DSC_3056.jpg

वीरगन्ज । यहि बैशाख २४ गते हुने विहेका लागि बेहुलीको घरमा विहेको लागि जोडतोडका साथ सरसामान र भोजभतेरको तयारी पनि भइरहेको अवस्थामा विहेको ठिक एक साता अघि बेहुलाका दाजुले थप दाइजो नदिए जन्ति लिएर बेहुलीको घरमै नआउने र विहे नै रद्ध गर्ने धम्की दिएपछि न्यायका लागि बेहुली सहित उनकी अभिभावकहरु चिन्तित भएका छन् ।

 पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ३ की युवतीको वीरगन्ज महानगरपालिको हरपतगन्जका मनोज महत्तोसंग यहि २४ गते विहे हुने मिति तय भएपनि विहेको ठिक एक हप्ता अघि मात्र गत आइतवार बेहुला मनोजका दाजु अशोकले बेहुलीको घरमै पुगेर थप दुइ लाख ५० हजार रुपैया दाइजो दिनु पर्ने शर्त राखेपछि  बेहुलीका बुबाले थप दाइजो दिन नसक्ने बताएका थिए ।

त्यसपछि बेहु्लाका दाजु अशोक महत्तोले थप दाइजो नपाए भाइको विहे नै नगर्ने धम्की दिएका कारण बेहुली र उनका अभिभावकहरुले आज जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उजुरी दिएका छन् ।

बेहुला मनोज विहेका लागि सहमत भए पनि उनका दाजु अशोकले मनोजलाइ हेटौडामा लगेर लुकाएर राखेको बेहुलीकी दिदीले बताएकी छन् ।  दाइजोकै कारण विहे नै रद्ध हुने अवस्था देखिएपछि बाध्य भएर बेहुला र उनका अभिभावक विरुद्ध जिल्ल प्रहरी कार्यालय पर्सामा आज जाहेरी दिनु परेको बेहुलीकी दिदीले बताइन् ।

पर्साका प्रहरी नायव उपरिक्षक राजन लिम्बुले बेहुली पक्षले दिएको उजुरीका आधारमा आरोपित बेहुला र उनका दाजुलाइ प्रहरी कार्यालयमा झिकाउनका लागि प्रहरीले आज देखि नै प्रकृया थालिसकेको बताए ।

बेहुलाका दाजु अशोकले भने आफनो भाइसंग विहेको कुरा छिनएकी केटीको यसभन्दा पहिले नै अर्को केटासंग विहे भइसकेर सम्बन्ध विच्छेद भएको थाहा पाएपछि विहे नगर्ने जवाफ बेहुली पक्षलाइ दिएको बताए । उनले दाइजोका कारण विहे गर्न नमानेको भनेर केटी पक्षले लगाएको आरोप निराधार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ