arrow

तुलानारायण साहसहित प्राविधिकहरु आए फोरम नेपालमा

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
fprm.jpg

काठमाडौं । बौद्धिक व्यक्तित्व तुलानारायण साहसहित इंजीनियर र व्यवसायीहरुको समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालको नीति, सिद्धान्त, रणनीति र कार्यदिशालाई स्वीकार र समर्थन गर्दै उनीहरुले फोरम नेपालको पार्टी सदस्यता लिएका छन् ।
 
काठमाडौंमा फोरम नेपालको जारी केन्द्रीय समितिको बैठकमा बिहिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई टिका लगाएर पार्टी प्रवेश गरेका छन् । बैठकलाई केहीबेर स्थगित गरेर सम्पूर्ण केन्द्रीय सदस्यको उपस्थितिमा अध्यक्ष यादवले उनीहरुलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्नेमा मधेशका बुद्धिजीवि सप्तरीका तुलानारायण साह, सर्लाहीका इंजीनियर मनोज वर्मा र धनुषाका देवनाराण यादव, व्यवसायीहरु सिरहाका रुद्रराज डोटेल र रेणु यादव रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ