arrow

राष्ट्रवादको भर्‍याङ चढेर सत्तामा पुगेका बाम गठबन्धन कता हराए सीमा अतिक्रमण हुँदा ? : नेता बिष्ट

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ वैशाख २० बिहिबार
bista.jpg

बिचफाँटा । हिजो कांग्रेस सरकारमा हुँदा चर्को राष्ट्रवादीको नारा लगाई यस क्षेत्रबाट चुनाव जितेका  बामगठबन्धनका मन्त्री र साँसदहरु सीमानामा भारतले अतिक्रमण गर्दा कता हराए अब जनताले जवाफ खोज्नु पर्ने नेपाली कांग्रेसका नेता तथा पुर्व साँसद दिवानसिह बिष्टले बताए ।  बिहिवार कञ्चनपुरको पुनर्वास स्थित बिचफाँटामा भारतीय एसएसबीले भत्काएको तारवारको अनुगमनमा पुगेका नेता बिष्टले नेपाली कांग्रेसद्वारा आयोजित कोण सभालाई सम्बोधन गर्दै सीमामा भारतीय एसएसबीले ज्यादती गर्दासम्म सरकार र मन्त्री साँसद मौन रहनु लज्जास्पद भएको बताए ।

ठूलो संख्यामा कार्यकर्ता सहित भारतीय एसएसबीले हस्तक्षेप गरेको सीमा क्षेत्रको स्थलगत अबलोकन पश्चात्  नेपाली कांग्रेसद्वारा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता बिष्टले भने" गत वर्ष आनन्दबजारमा एसएसबीको ज्यादती र गोली प्रहारबाट सहिद भएका गोबिन्द गौतमलाई २४ घन्टा भित्र सहिद घोषणा गरि सरकारको गृहमन्त्रीलाई आनन्दबजार र सहिदको घरमा पठाउँदा समेत सरकारले केही गरेन भन्नेहरु आज सरकारमा छन तर बिचफाँटामा एसएसबीको आतंकबाट राष्ट्रको स्वाभिमानमा चोट पुगेको आज ८ दिन भए पनि केन्द्र,प्रदेशका सरकारका मन्त्री तथा सभाषदहरु स्थलगत निरिक्षणमा आउनु त परै जाओस एउटा बिज्ञप्ती सम्म निकालेर भारतीय उक्त कदमको निन्दा गरेका छैनन् ।" बिचफाँटामा आयोजित सभामा बोल्दै उनले भने "हिजो राष्ट्रवादका उखान र भाषण गर्ने बामपंथीको केवल सत्तामा पुग्न जनतालाई ढाँट्ने जुक्ति मात्रै सावित भयो ।"

कोण सभामा बोल्दै कांग्रेस नेता बिष्टले भने "हामी हाम्रा दुई छिमेकी राष्ट्र संग राम्रो सम्बन्ध बनाउन चहान्छौ तर सीमा अतिक्रमण र ज्यादतीका विरुद्ध अब कांग्रेस चुप लागेर बस्ने छैन । " प्रदेश राजधानी भन्दा पुग नपुग २५ किमिको दुरीमा रहेको बिचफाँटामा एसएसबीले हस्तक्षेप गरेको आठ दिन सम्म पनि मुख्यमन्त्री चुप किन छन ? यसै क्षेत्रबाट निर्वाचन जितेकि मन्त्री किन चुप छन अब जनताले जवाफ माग्नु पर्दछ ।"

नेता बिष्टले भने" नेपाली कांग्रेस जनता लडाउन चहान्न सीमा रक्षाका लागि सरकार लड्नु पर्छ । अब कांग्रेस सरकारलाई सचेत बनाउने महाअभियानमा होमिने छ । नेपाली स्वाभिमानमा आँच पुग्ने गरि एसएसबीले गरेको



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ