arrow

हाम्राकुरा कर्मी बस्नेत सम्मानित

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
dependra.jpg

कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वास उद्योग बाणिज्य संघले आफ्नो दोस्रो वार्षिक साधारणसभाको अबसर पारेर हाम्राकुरा डटकमकर्मी दीपेन्द्र बस्नेतलाई दोसल्ला र कदरपत्र सहित बिहीबार सम्मानित गरेको छ ।

पुनर्वास क्षेत्रको औद्योगिक र आर्थिक बिकासका निम्ति पत्रकारिता को माध्यम बाट राष्ट्रिय स्तरमा समाचार सम्प्रेषण गरि पुनर्वासको आर्थिक समृद्धिमा योगदान गरेको भन्दै पुनर्वास उद्योग बाणिज्य संघ ले आफ्नो दोस्रो वार्षिक साधारण सभामा हाम्रा कुरा डटकमका कञ्चनपुर प्रतिनिधि बस्नेतलाई सम्मान गरेको हो ।

जिल्ला सदरमुकाम देखि टाढा र दुर्गम क्षेत्रमा रहेको पुनर्वासका आर्थिक समृद्धिका सम्भावना र औद्योगिक बिकासका निम्ति राष्ट्रिय सञ्चार माध्यमहरुबाट समाचार संप्रेषण गरि पुनर्वासको आर्थिक बिकासमा योगदान गरेको भन्दै सञ्चारकर्मी बस्नेतलाई सम्मान गरिएको हो ।
पुनर्वास उद्योग बाणिज्य संघ को दोस्रो साधारणसभाका प्रमुख अतिथी नगर प्रमुख जीवनराज थापाले सञ्चारकर्मी बस्नेतलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ