शिक्षा विभाग मौन बसेको भन्दै विद्यार्थी संगठनले गरे तालाबन्दी
प्रकाशित २०७५ वैशाख २० बिहिबार
282
Shares
भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले बिहिवार शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गर्दै निजी विद्यालयले चर्को शुल्क असुलिरहेका बेलामा पनि शिक्षा विभाग मौन बसेको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) लगायत विद्यार्थी संगठनले लामो समयदेखि पटकपटक ध्यानाकर्षण गराउँदा पनि विभाग मौन बसेकाले ताला लगाउन बाध्य भएको अखिल(क्रान्तिकारी)का सचिव डिबी साउदले बताए ।
आन्दोलनरत विद्यार्थी संगठनले हिजोमात्र प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।