arrow

मुद्दा स्थगन गर्ने परम्परा हटाउनुपर्छ : कामु प्रन्या

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
deepakraj-joshi.jpg

काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिएका छन् ।  

कामु प्रन्याको नेतृत्व सम्हालेपछि पहिलो पटक उच्च अदालत पाटनको निरीक्षणमा पुगेका जोशीले मुद्दा धेरै स्थगन गराउँदा सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दा स्थगन गर्ने परम्परा घटाउन निर्देशन दिएका हुन् ।  

छिटोछरितो न्याय सम्पादनले मात्रै सेवाग्राहीमा न्यायको अनुभूति हुने भएकाले धेरै प्रतिवादी भएका मुद्दामा फरक फरक व्यक्तिले कानुनबमोजिम स्थगन गराउँदा पनि समस्या हुनेछ भन्दै स्थगन गर्ने परम्परा घटाउँदै लैजान निर्देशन दिएका हुन् ।  

उनले वाणिज्य इजलासमा तोकिएका कुनै एक न्यायाधीशलाई अदालत नछाड्न पनि निर्देशन दिए । फैसला लेखनशैलीलाई छरितो बनाउन निर्देशन दिँदै उनले लामो फैसला लेख्नैपर्ने मानसिकताले लेखन शैली लामो हुने तर दिन खोजिएको विषय नआउने स्थिति हुन नहुने बताए ।

निरीक्षणका क्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले सेवाग्राहीलाई सहज हुने गरी न्याय सम्पादन र फैसला लेखनलाई जोड दिइएको बताए  । बाह्र हजार मुद्दाको लगत रहेको उच्च अदालत पाटनमा ७० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकामा चालु आर्थिक वर्षको वैशाख १५ गतेसम्म ५८ प्रतिशत मुद्दा फछ्र्योट भइसकेको उच्च अदालत पाटनका रजिष्ट्रार विमल पौडेलले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ