arrow

बिहारमा बस दुर्घटना, २७ जनाको मृत्यु

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
bihar-bus-accident.jpg

नयाँदिल्ली। भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ। द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन्। मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो। बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री दिनेश चन्द्र यादवले बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको पुष्टि गरे।

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुनेगरेको छ। सवारी दुर्घटनाकै कारण भारतमा हरेक बर्ष हजारौँ नागरिकको ज्यान जाने गरेको छ भने ठूलो सङ्ख्यामा घाइते हुनेगरेका छन्।

राम्रो अवस्थामा नरहेका सडक र सवारी साधन तथा चालकको लापर्बाहीका कारण दुर्घटना धेरै हुनेगरेको जानकारहरू बताउछन्। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ