arrow

यातायात ठप्पः हामी हार्दा सरकारले खुशीयाली मनाउँदैन –सिटौला 

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
saroj-sitaula.jpg

काठमाडौं । यातायात व्यवसायीले यातायात ठप्प पार्दा शुक्रबार देशभर जनजीवन अस्तव्यस्त भएको छ । सरकारले यातायातमा लागेको सिन्डिकेट खारेजसंगै यातायात व्यवसायलाई कम्पनीमा दर्ता गर्नुपर्ने सरकारको आदेशपछि यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् । 

आन्दोलनको कार्यक्रम अन्तर्गत कम्पनीमा दर्ता गर्नुपर्ने सरकारी निर्णयविरुद्ध शुक्रबार देशैभर उनीहरुले गाडी घरमै थन्काएका छन् । यसका कारण सर्वसाधारण मारमा परेका छन् ।

सीमित ठाउँमा मात्र सरकारको मातहतका गाडीहरु चले पनि त्यसले सर्वसाधारणको भार थेग्न सकेको छैन । सडकमा निजी सवारी साधनहरु चलेका छन् भने ट्याक्सी र ट्याम्पुहरु पनि गुडेको देख्न सकिन्छ । 

सरकारले यातायात व्यवस्था विभागमा कम्पनीअन्तर्गत दर्ता भएका २२ कम्पनीका ६१९ गाडी मात्र गुडाउने जनाएको छ । यसले भने आन्दोलित याताया त व्यवसायी महासंघलाई फाइदा पुर्याएको छ । 

सरकारले यातायात नचलाउनेलाई कार्वाही गर्ने जनाए पनि त्यो सम्भव देखिँदैन । तत्काललाई भने असर परिसकेको छ । 

सरकार र यातायात व्यवसायीबीच शुक्रबार बिहान वार्ता हुँदैछ । 

हामी हार्दा सरकारले खुशीयाली मनाउँदैन –सिटौला 

यातायात व्यवसायी महासंघका राष्ट्रिय महासचिव सरोज सिटौलाले आफूहरुले हार्दा सरकारले खुशीयाली नमनाउने बताएका छन् । सरकारले आफूहरुले मागको सुनुवाइ नगरेका कारणले वाध्य भएर आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ । 

आफूहरुको पूर्वनिर्धारित कार्यक्रम बमोजिम नै आन्दोलन भएको र सरकारले त्यसलाई सम्वोधन गर्ने संकेत नदेखाएको भन्दै यतिठूलो कारोबारलाई अस्तव्यस्त बनाउन खोज्नु दुर्भाग्य भएको जनाए । 

उनले जनतालाई दुःख दिने आफूहरुको मनसाय नरहेको भन्दै देशमा कतै सिन्डिकेट नभएको र कहीं कतै भएको भए त्यसको पनि अन्त्य हुने बताए । 

सरकारले मिलेर जानुपर्छ भन्ने बेलामा हाम्रो व्यवसायीमाथि नै धावा बोलेको उनले बताए । 

उनले भने सरकारले आफूहरुसंग वार्ता गरी समस्या समाधान नगर्ने हो भने अझ थप कडा आन्दोलन गर्न वाध्य हुने सिटौलाले बताए । 

वाम गठबन्धनसंग सम्वन्धित व्यवसायीले सरकारलाई सघाउने भन्ने समाचार भ्रामक भएको पनि बताए । उनले भने, ‘वाम गठबन्धनसंग सम्बन्धित व्यवसायीयले सरकारसंग वार्ताको लागि अग्रसर हुने बताएका हुन् सरकारको गलत कदमलाई साथ दिएका होइनन् ।’

उनले सरकार पनि यही देशको भएकाले आफूहरुका माग सम्वोधन गर्ने विश्वास गरे । उनले भने, ‘सरकार आक्रामक भएर हाम्रा गाडी त खोस्ला तर के नागरिकता पनि खोस्छ ?’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ