arrow

पदाधिकारी नियुक्त गर्न काँग्रेस बैठक बस्दै, सहमतिको प्रयास जारी 

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
congress-office.jpg.gif

काठमाडौं । नेपाली काँग्रेसमा पदाधिकारी नियुक्त गर्नका लागि बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो २ बजे बस्दै गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

यसअघि सहमतिबाटै पदाधिकारी नियुक्त गर्नका लागि भन्दै गत सोमबार डाकिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको थियो । 

गत सोमबारदेखि अहिलेसम्म सहमतिका लागि पहल भइरहेको प्रवक्ता शर्माले बताए । उनले भने, ‘अहिलेसम्म ठ्याक्कै यी पदाधिकारी हुन्छन् भन्ने भइसकेको छैन तर सभापति ज्यू, महामन्त्री ज्यूहरु लागिरहनु भएको छ । दिउँसोसम्म टुंगो लाग्नेमा विश्वस्त छु ।’

गत सोमबार भने बिना सरसल्लाह पदाधिकारी मनोनयन गर्न लागिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने जनाएपछि शुक्रबारलाई बैठक सारिएको थियो । 

सहमतिको प्रयास जारी रहेको र यो बैठकमै सहमति जुट्ने बुझिएको छ । उपसभापति र महामन्त्री सभापति देउवा पक्षबाट तथा सहमहामन्त्री पौडेल पक्षबाट हुने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ