arrow

काँग्रेसको निर्देशनपछी कुन्दन समुहले बोलाएको नेबिसंघको बैठक स्थगित

अध्यक्ष महर अल्पमतमा रहेको दावी

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
mahar-kafle.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरासँग असन्तुष्ट पक्षले बोलाएको केन्द्रीय समितिको बैठक रोक्न कांग्रेस केन्द्रीय समितिले निर्देशन दिएको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अर्को निर्देशन प्राप्त नहुन्जेलसम्म लागि कुनैपनि बैठकको आयोजना नगर्न निर्देशन दिएका हुन् ।

बिहीबार चलेको बैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो । बहुमत निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठक चलिरहेको अवस्थामा पार्टी कार्यालयबाट पत्र आएको महामन्त्री काफ्लेले बताए । काफ्लेको अनुसार पत्र आउनुपूर्व केही निर्णय बैठकले गरेको थियो  । जसमा विधि विधान विपरित मनोमानी ढंगले सभापतिले पदाधिकारी,  सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस,  सिटिइभिटी , विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्ने लगायतको निर्णय भएको थियो ।

बैठकमा उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, प्रकाश राना, खड्क डागी, नवीन राई, सह महामन्त्री राजेश रौनियार, माधब ढकाल, परमेश्वर शाह, कृष्ण कार्की, ललिता सुनुवार, हरीहर शर्मा, कोषाध्यक्ष शिव रीमाल र केन्द्रीय सदस्यहरुसहित ८४ जना सहभागी भएको नेविसंघका केन्द्रिय सदस्य शुशिल भट्टले जानकारी दिए । नेविसंघको निर्वाचित केन्द्रीय समितिका १२९ जना मध्ये ८४ जना बैठकमा सहभागी हुनुले अध्यक्ष नैनसिंह महर अल्पमतमा परेको कुन्दन पक्षको दावी छ । बैठक नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ