arrow

दुई डाक्टरको अवस्था बुझ्न न्यूरो पुगे निधि

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
dr_adhikari.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्ब उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देबकोटालाई भेटेर  स्वास्थ्य लाभको कामना गरेका छन् । विशेषगरी न्युरो सर्जरीमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका डा देवकोटाको लण्डनमा उपचार पछि नेपाल ल्याइएको हो । नेपाल न्युरो सर्जन समाजले  उपचार गराइरहेका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ ।


साथै निधिले प्रा. डा. यज्ञ अधिकारीलाई शेक्रवार बिहान भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।  नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का पूर्ब कार्यकारी निर्देशक डा. अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।  २०३६ सालमा भएको पहिलो स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबमा डा. अधिकारी नेवि संघका तर्फबाट त्रिबि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्बाचित भएका थिए ।

 प्रजातन्त्र सम्बद्र्धन केन्द्रका महासचिब भएका अधिकारीले नेपालको सन्दर्भमा सामाजिक न्याय पुस्तक लेखेका छन् । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न रहेका अधिकारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान नेपालका पूर्ब निर्देशक समेत हुन् त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न अधिकारी केही समय अघिमात्र अबकाश भएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ