arrow

तीन दिनदेखि जारी फोरम केन्द्रीय समितिको बैठकले के गर्‍यो निर्णय ?

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
forum.jpg

काठमाडौं  । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको छैठौ बैठक शुक्रवार तेस्रो दिन पनि जारी छ । दुईदिनको लागि आह्वान गरिएको बैठकमा समय अभावले केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि एकदिनलाई केन्द्रीय समितिको बैठक लम्बिएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा काठमाडौंको शान्तिनगरस्थित ओम् शान्ति पार्टी प्यालेसमामा बुधबारदेखि सुरु भएको केन्द्रीय बैठकमा शुक्रवार सांगठनिक प्रतिवेदन छलफलपछि पारित गरेको छ ।

पार्टी महासचिव रामसहाय प्रसाद यादवले प्रस्तुत गरेको पार्टीको सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले विचार राखेका थिए । यसअघि पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्ततु गरेको राजनीतिक प्रतिवेदन छलफलपछि पारित भइसकेको छ । बैठक आज सम्पन्न हुनेछ ।
 
तीनवटै तहको चुनाव सम्पन्न भएयता नौ महिनापछि पहिलो पटक आह्वान गरिएको केन्द्रीय समितिको पूर्ण बैठकले पार्टीको भावी रणनीति र कार्यदिशा तय गर्ने बताइएको छ । चुनावको समिक्षा गर्दै बैठकले आगामी दिनमा पार्टीलाई कसरी चुस्त दुरुस्त, प्रभावकारी र सांगठनिक ढंगले बलियो बनाउनेमा मुख्यतः केन्द्रीत रहेको छ ।

बैठकको पहिलो दिनदेखि नै संविधान संशोधनको बारेमा ठोस ढंगले टुंगो नलागेसम्म सरकारमा सहभागी नहुने जोडदार उठेको छ । बैठकको उद्घाटन सत्रमै. पार्टी अध्यक्ष यादवले संविधान संशोधन र सरकारमा सहभागि हुने वा नहुने बिषयमा प्रष्ट पारिसकेका छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ