arrow

विपीको आदर्श र सिद्धान्त बिर्संदा काँग्रेस पराजीत : नेता गुरुङ

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
kb-gurung-new--ph.jpg.jpeg

दमौली, तनहुँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा नराम्रोसँग पार्टी पराजीत भएको बताएका छन् ।  

विपी विचार समाज तनहुँद्वारा शुक्रबार दमौलीमा आयोजित प्रदेश नं ४ स्तरीय भेलाको उद्घाटन गर्दै नेता गुरुङले सो कुरा बताएका हुन् ।  “विपीको आदर्श र सिद्धान्तलाई बिर्संदा काँग्रेसको यो गति भएको हो”, गुरुङले भने । काँग्रेस सधैँ सत्ताको पछाडि लागेको र विपीको सिद्धान्त बिर्सेकाले उनको विचारलाई देशभर फैलाउन तनहुँबाट अभियान थालिएको जानकारी गुरुङले दिए  । सात वटै प्रदेशमा विपीको सिद्धान्तलाई फैलाइने जानकारी गुरुङले दिए ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी लगायतले शेरबहादुर देउवाले पार्टीभित्र मनोमानी गरेकाले चुनावमा नराम्रोसँग पराजीत भोग्नु परेको धारणा राखे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ