arrow

प्रअ नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
supreme-court-of-Nepal-Final1.jpg.jpeg

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको कानून नै नबनेका अवस्थामा विद्यालयको प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न उत्तरगंगा मावि बुर्तिबाङ बाग्लुङको विद्यालय व्यवस्थापन समितिका नाममा शुक्रवार अन्तरिम आदेश जारी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिले प्रअ छान्नुपर्ने व्यवस्था रहेको र स्थानीय तहको कानूनी अधिकार नै नभएकामा प्रअ छानेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समितिका तर्फबाट चूडाबहादुर कुँवरले यही वैशाख १६ गते रिट निवदेन दायर गरेका थिए ।

 सोही निवेदनको सुनुवाइपछि कानून नै नभएको अवस्थामा स्थानीय तहका विद्यालयमा प्रअ नियुक्तिको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । शिक्षा ऐनमा विद्यालयको प्रअ नियुक्त गर्न विद्यालय व्यवस्थापन समितिलाई अधिकार दिइएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ