arrow

मेची राजमार्गमा अज्ञात समूहले गाडीमा आगजनी

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
mechi-highway.jpg

मंगलबारे, इलाम। मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ।

बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ। बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ