arrow

कुवेतमा एक बर्षमा ७० हजार सडक दुर्घटना, मोबाईल फोन प्रमुख कारण

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार

कुवेती सिटी। कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६ सय ८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती दुर्घटनामध्ये ४ सय २८ दुर्घटनामा मानवीय क्षति भएको छ।

मन्त्रालयका कार्यबहाक प्रमुख प्रवक्ता ताह्डि अल कान्देरीले ट्राफिक नियमको उल्लङघनका कारण धेरै दुर्घटना भएको बताए।

उनले सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग गर्ने कारण नै दुर्घटनाको मुख्य कारण भएको दावी गरे। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ