arrow

डा देवकोटालाई भेट्न न्यूरो पुगिन् राष्ट्रपति

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
upendra-devkota.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।  पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी शनिवार बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकि थिइन् ।

राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।
 
बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्किएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ