गृहमन्त्री पनि पुगे डा देवकोटाको अवस्था बुझ्न न्यूरो
प्रकाशित २०७५ वैशाख २२ शनिबार
266
Shares
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा शनिवार बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका हुन् ।
भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गरेका थिए । गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकि थिइन् ।