arrow

सार्वजनिक यातायात सञ्चालन, पक्राउ परेका व्यवसायी नछाडे थप आन्दोलन

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
araniko-yatayat.jpeg

काठमाडौँ । सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् ।

यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक संस्थाका रुपमा दर्ता गरेर व्यापार गर्न पाउनुपर्छ लगायत माग राखेर यातायात व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए ।

अत्यावश्यक सेवा बन्द गरेपछि सरकारले शुक्रबार नै कडा कारबाहीको निर्णय गरेको थियो । उपत्यकाका केही रुटमा चल्ने माइक्रोको ‘रुट परमिट’ यातायात व्यवस्था विभागले शुक्रबार नै खारेज गरेको थियो ।

विभागका प्रवक्ता तुलसीराम अर्याल व्यवसायीले बुझाएको ज्ञापनपत्रमा शुक्रबारदेखि लगातार बन्द गर्ने उल्लेख गरेको बताउछन् ।  विभाग यातायात क्षेत्रका कानून कार्यान्वयनमा लागेको उनले भने ।

आम मानिस यातायात एकाधिकार (सिन्डिकेट) का विरुद्धमा भएको जनमत बुझेपछि व्यवसायीले आजदेखि बन्द फिर्ता लिई सवारी चलाएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले शुक्रबार एक दिनमात्र सार्वजनिक सवारी थन्क्याएको दाबी गर्छन् ।

“हामीले एक दिन यातायात थन्क्याउँदा अत्यावश्यक ऐनका नाममा घरघरबाट पक्राउ गरियो, राजनीतिक दलले यातायात बन्द गर्दा अत्यावश्यक ऐन लागू हुन्छ ? घरघरबाट ७३ जना यातायात व्यवसायी पक्राउ परेका छन्, आजसम्म नछोडे बैठक बसेर अन्य कार्यक्रम सार्वजनिक गर्छौं”, उनले भने।

शुक्रबार यातायात बन्द हुँदा लाखौँ यात्रु हिँड्न बाध्य भएका थिए । कम्पनीका केही सवारी मात्र फाट्टफुट्ट चलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ