arrow

बाघले बाख्रा लग्यो

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
tigers.jpg.jpeg

हेटौडा ।मकवानपुर जिल्ला, मनहरी गाउँपालिका–९ ज्यामिरे, शिवडाँडामा गए राति १ बजे जीतबहादुर सुनारको घरमा जंगलबाट आएको एक बाघले दुई बाख्रालाई आक्रमण गरी जंगलतर्फ लिएर गएको छ ।

घरधनी सुनारले छिमेकीलाई हारगुहार गरी कराउँदा छिमेकी आई सो बाघलाई लखेटेको र कुनै मानवीय क्षति नभएको मनहरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

अहिले त्यसतर्फ राष्ट्रिय निकुञ्ज चितवनमा सम्पर्क गरी सुरक्षाका लागि सैनिक जवान परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका कामु प्रहरी उपरीक्षक दिलीपराज झाले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ