arrow

सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : राज्यमन्त्री बाँस्कोटा

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
banskota.JPG

बनेपा  । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताएका छन् ।

शनिवार काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको ‘वार्षिक साधारणसभा तथा प्रदेशसभा निर्वाचन’ कार्यक्रममा बोल्दै उनले राणा, पञ्चायत र राजा तथा प्रतिगमन फालेर त्यसको नेतृत्व गरेर जनताद्वारा अनुमोदित भएर आएको सरकारले त्यसो गर्न नसक्ने बताए ।

उनले पत्रकारलाई त्यसरी नसोच्न आग्रह गर्दै सरकारले गर्न लागेको राम्रो काममा सहयोग गर्न आग्रह गरे । उनले सरकारले श्रमजीवि पत्रकारका बारेमा सोचेको र सोसल साइड र अनलाइन मिडियाको परिभाषा खोजेकोसमेत बताए । उनले पत्रकारिताको नाममा केही मिडियाले मान्छेलाई आत्महत्या गर्न बाध्य बनाइने खालको कुरासमेत छाप्ने गरेको उल्लेख गर्दै  त्यस्तो मिडिया मिडिया हुन नसक्ने तर्क गरे ।
 
उनले कानून जहाँ पनि हुने भएकाले कानून बन्न लाग्यो भन्दैमा मिडियालाई नियमन गर्नेगरी कानून नबन्ने उनको भनाइ छ । उनले पछिल्लो चरणमा कर्पोरेट कल्चर विकसित हुँदै गएको र स्वरोजगार कल्चर कमजोर हुँदै गएको बताए ।

राज्यमन्त्री बाँस्कोटाले अब सरकारले महिना मरेपछि श्रमजीवि पत्रकारले बैंकिङ प्रणालीबाट खातामा पैसा पाउनुपर्छ भन्ने कुरालाई अगाडि सारिएको उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रदेशको निर्वाचन पछि नेपाल पत्रकार महासंघ पूर्णरुपमा संघीय ढाँचामा जाने बताए । अहिलेको सरकारबाट प्रेस स्वतन्त्रतामाथि आँच आउँदैन भन्ने कुरामा महासंघ ढुक्क रहेको विश्वास व्यक्त गरे ।

सो अवसरमा उनले केही सञ्चारमाध्यमले चरित्र हत्या गर्ने खालको कुरा लेख्यो भन्दैमा राम्रो काम गरिरहेका आम पत्रकारमाथि आक्षेप लगाउन नमिल्ने बताए । पत्रकार महासंघको सदस्य हुनेले पत्रकार आचारसंहिताको पालना गर्नैपर्छ, त्यो महासंघको विधानभित्र राखेका छन्, त्यसलाई नमान्ने व्यक्ति पत्रकार हुन सक्दैन”, आचार्यले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सम्मान गरेको थियो ।

साथै उक्त अवसरमा टिपी शर्मा ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ र ‘कोशीपारि पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कारबाट सम्मानित हुनेमा पत्रकार मोतिराम तिमल्सिना, रमा दाहाल र रक्तिम उजाडलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ