arrow

गुडिरहेको बसमा बम प्रहार

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
bus-public.jpg

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान इटहरी सडकखण्डमा शनिवार दिउँसो गुडिरहेको बसमा अपरिचित व्यक्तिले विस्फोटक वस्तु प्रहार गरिएको छ ।

धरानबाट काँकडभिट्टतर्फ जाँदै गरेको मे१ख २७३४ नंको सूर्योदय दिवा सेवाको बसलाई लक्षित गरी बाहिरबाट फालिएको वस्तु विस्फोट हुँदा सोही बसमा यात्रारत धरान–१६ का तन वर्षीय हेलेन गौतमको टाउकामा सामान्य चोट लागेको छ ।

इटहरी चोकदेखि करीब ४०० मिटर उत्तरतर्फको सडकमा गुडिरहेको यात्रुबाहक बसमा अकस्मात् कसैले विस्फोट हुने वस्तु प्रहार गरेको र त्यो वस्तु बस बाहिर लागेर आवाजसहित विस्फोट भएको बसका चालक धनबहादुर श्रेष्ठले जानकारी दिए ।

विस्फोटक वस्तु पड्किँदा बसमा सामान्य नोक्सानी भएको र त्यो कस्तो विस्फोटक वस्तु हो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

विस्फोट भएको क्षेत्रमा दुईजना युवाले केही वस्तु फालेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । तर उनीहरु को हुन् भन्ने पहिचान भने हुन नसकेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले (विप्लव समूह) आफ्ना नेता तथा कार्यकर्ता रिहाइका लागि सरकारलाई दबाब दिनका लागि आज बन्द आह्वान गरेका कारण उक्त विस्फोट पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको हो कि भन्ने आशङ्का गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ