arrow

बन्द गराउने विप्लवका दुई कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
biplab-maobadi.jpeg

मलेखु, धादिङ । विप्लव समर्थित नेकपाका दुईजना कार्यकर्तालाई सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा शनिवार धादिङको नीलकण्ठ नगरपालिका–८ पुलबजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले गिरफ्तार गरेकाहरुमा काभ्रे जिल्ला महाभारत गाउँपालिका निवासी ३२ वर्षीय महासागर लामा र धादिङको रुबीभ्याली गाउँपालिकाका ३५ वर्षीय पेम्बा लामालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

नेकपाले गरेको नेपाल बन्दका क्रममा जिल्लाको गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, धुनीबेँसी नगरपालिका क्षेत्रको सडकमा सकेट बम राखेको र सेनाले निष्क्रिय पारेपछि बम राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ