arrow

सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि पूर्वका व्यवसायी रिहा

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
bus-public-1.jpg

विराटनगर। यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन्। सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो। पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले व्यवसायलाई कम्पनीका रुपमा दर्ता गर्ने र सवारी सञ्चालनमा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा गरिएको बताए।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले अप्सरा यातायातले कम्पनीमा दर्ता हुने र सवारी साधन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

विभिन्न यातायात समितिले हिजोदेखि बन्द गरेको सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन्। विराटनगरबाट छोटो तथा लामो दूरीको बस तथा रात्रिबस सञ्चालनमा आएका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ