arrow

६ प्रेस स्वतन्त्रता सेनानी  सम्मानित

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
press-swatantrata-senani.jpg

धनकुटा । प्रेस स्वतन्त्रताको पक्षमा लामो समयदेखि अनवरत रुपमा क्रियाशिल हुँदै धनकुटाको पत्रकारिताको क्षेत्रको विकासका साथै प्रेस स्वतन्त्रता र पत्रकार महासंघको भौतिक विकासको लागि महत्वपूर्ण योगदान दिएकोमा धनकुटाका ६ जना प्रेस स्वतन्त्रता सेनानीहरुलाई  नेपाल पत्रकार महासंघ धनकुटा शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्मान गरेको छ ।  

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केनिद्रय सदस्य गोपाल वराईली ,वरिष्ठ पत्रकार टंकबहादुर राई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष  विजय सन्तोषी राई, पूर्व अध्यक्षहरु  मोहन बान्तवा र खगेन्द्र घिमिरेलाई प्रेस स्वतन्त्रताको पक्षमा अनवरत रुपमा क्रियाशिल हुनु भएकोमा सम्मान गरिएको छ ।

सम्मानित पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ,उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरीबहादुर लम्जेल, कोषाध्यक्ष नारायणकुमार आठपहरिया लगायतले दोसल्ला, खादा ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ