arrow

कैलाली भ्रमण बर्ष बाममय, स्वागत गेटमा संयुक्त बाम गठबन्धनको नाम 

logo
देवानन्द न्यौपाने 
प्रकाशित २०७५ वैशाख २३ आइतबार
kailali2.jpg

कैलाली । कैलाली भ्रमण बर्षका लागि निर्माण गरिएका स्वागत गेटमा संयुक्त बाम गठबन्धनको नाम उल्लेख गरिएको छ । बर्दगोरीया गाउँपालिकाको बजेटमा निर्माण गरिएको स्वागत गेटमा संयुक्त बाम गठबन्धनको नाम उल्लेख गरिएको हो । 

उक्त गेट निर्माणका लागि गाउँपालिकाकाले बजेट दिएको थियो भने भ्रमण बर्षका लागि स्थानीय तहले नै समन्वयको जिम्मा पाएका हुन् ।

बौनीयाबजारमा लगाइएको स्वागत गेटमा भ्रमण बर्षको नारा उल्लेख गर्दै आयोजकको स्थानमा संयक्त बाम गठबन्धन लेखिएको छ । गेट बनाउन गाउँपालिकाले बजेट दिएको थियो । स्थानीयले विरोध गरेपछि अहिले संयुक्तवाम गठबन्धन मेटाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ