डोल्पामा छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट
प्रकाशित २०७५ वैशाख २३ आइतबार
196
Shares
त्रिपुराकोट, डोल्पा । यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् ।
वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए ।
घाइते रोकायले उपचारपछि होस खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन् उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी प्रमुख कृष्णराज शर्माले बताए ।
गरिबी र अशिक्षाका कारणले गर्दा हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दै गएको छ । रासस