arrow

छ महिनामा आए नौ वटा शव

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ वैशाख २३ आइतबार
Dead_Body.jpg.jpeg

रामेछाप। रामेछापबाट विगत ६ महिनाको बिचमा वैदेशिक रोजगारीमा गएका ९ जनाको शव नेपाल आएको छ । वैदेशिक रोजगारीवाट फर्केपछि आफु र परिवारमा सुख शान्ती ल्याउने सपना वोकेर वैदेशिक रोजगारीमा गएका मध्ये ६ महिना यता नौ जना जिल्लावासीको शब नेपाल फर्किएको हो ।

जिल्लामा वैदेशिक रोजगारीमा जान चाहने र गएर विदेशमा नै अलपत्र परेर बसेका जिल्लावासीहरुका लागि सबै खालको सहयोग पुर्याउँदै आएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले उक्त विवरण सार्वजनिक गरेपछि घटनाको पुष्टाई भएको हो ।

चेतना र अशिक्षाको अभावसँगै वैदेशिक रोजगारीमा गएर लाखौलाख कमाउने सपना सहित वैदेशिक रोजागारीमा गएका सर्वसाधारण गाउँलेहरुले विदेशमा रहदा दर्जनौको संख्यामा दुःख पाउने समेत गरेका छन् । यसरी वैदेशिक रोजगारीमा जानै नहुने र जानै परे नेपाल सरकारको निति विधि र प्रक्रियालाई अवलम्वन गरेर जानुपर्ने सन्देश सहित परियोजना संचालन गर्दै आएको सामीले हरेक ६-६ महिनामा जिल्लावाट वैदेशिक रोजगारीमा गएर मृत्यु वरण गर्ने र दुःख पाउनेहरुको विवरण सार्वजनिक गर्दै आएको छ ।

सोही अनुसार उसले आ.व.२०७०-७१ वाट जिल्ला प्रसासन कार्यालय नजिकै कार्यालय संचालन गरि वैदेशिक रोजगारीको सिलसिला र अन्य प्रयोजनको लागि सर्वसाधारणको नियमित सल्लाह र अप्ठ्यारो परेको समयमा सामी मार्फत गर्ने सहयोगको वारेमा समेत काम गर्दै आएको सामी परियोजनाका कार्यक्रम संयोजक भोजराज सुनुवारले जानकारी दिए ।
 
परियोजनावाट चारवर्षको विचमा २ हजार ९ सय ४८ जना वैदेशिक रोजगारीमा जान चाहने र गएकाहरुका लागि सहयोग गरिसकेको छ । उसले आफ्ना कर्मचारीहरु मार्फत जिल्लावाट वाहिर जाने व्यक्तिहरुको सख्या वढी भएका गाउँहरुलाई लक्षित गरी विद्यालय स्तरमा जनचेतना र समुदाय स्तरमा जनचेतना सँगै सडक नाटक र गन्र्धवहरु मार्फत गिती कार्यक्रम समेत गरेको थियो ।

सोही प्रभावका आधारमा वैदेशिक रोजगारीमा जान चाहनेहरु मध्ये अधिकासंले परियोजनाको लक्ष्य अनुसार काम गरेको र कतिपयले भने त्यसको वेवास्ता गर्दै आफनै तरीकाले वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी वैदेशिक रोजागारीमा जानेहरुले भने तुलनात्मक रुपमा अत्याधिक मात्रामा दुःख पाउने देखी मृत्युवरणसम्म गर्न पुगेको पनि संयोजक सुनुवारले वताए ।

यसरी वैदेशिक रोजगारीमा गएकाहरु मध्ये पुरुषको तुलनामा महिलाहरु वढी प्रताडित हुने गरेको र यसलाई न्युनीकरण गर्ने काममा सामीले सक्रियताका साथ अभियान चलाइरहेको छ । त्यो सँगै वैदेशिक रोजगारीवाट फर्किएर उनीहरुले विदेशमा रहदा पाएको दुःख र अनुभवका आधारमा जान चाहनेहरुलाई अनुभव आदान प्रदान गर्न सजिलो होस् भन्नका खातिर सामीले रिटर्नीहरुलाई समेत परिचालन गरेको छ ।

यसले गर्दा वैदेशिक रोजगारी सम्वन्धि बुझ्न चाहने र आइन्दा त्यस्तो गल्तीका वारेमा कल्पना सम्म गर्न नसक्नेहरुको लागि निकै राहातको अनुभुती भएको सामीका सुचना अधिकृत सागरविक्रम वस्नेतले वताए । उनले परियोजना निकट भविष्यमै वाहिरीन लागेकाले यसलाई पालिका स्तरमा सूचना केन्द्र खडा गरि निरन्तरता दिनसके चेतना र अन्य जानकारी विना वैदेशिक रोजगारिमा जान चाहने र वैदेशिक रोजगारीमा अलपत्रमा परेकाहरुका लागि ठूलो सहयोग पुर्याउने पनि अधिकृत वस्नेतले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ