arrow

फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुनुपर्छ : राप्रपा

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्रीक पार्टी नेपालले  आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने गरि गर्न लागिएको कानुनी व्यवस्थाप्रति गम्भिर आपत्ति जनाएको छ । आइतवार राप्रपाले एक प्रस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

 राप्रपाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि गर्न लागिएको कानुनी व्यवस्थाले सुशासनको मान्यता कमजोर हुने तथा राजनीतिमा आपराधिक प्रवृतिलाई प्रोत्साहित गर्ने उल्लेख गर्दै  सवै राजनीतिक दल र सांसदहरुलाई फौजदारी अभियोग लागेमा सांसद पद स्वतः निलम्बन हुने यस अघिको कानुनी व्यवस्था कायम राख्न अनुरोभ गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ