arrow

मोदीको स्वागत गर्नेहरू पशुपतिनाथ क्षेत्रमा पनि भेटिए

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
modi-swagat.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा काठमाडौंका यूवाहरुले पशुपतिनाथ क्षेत्रमा स्वागत गर्दै प्रर्दशन गरेका छन । कञ्चनजंगा सोसल वेयलफर फाउण्डेसन एण्ड मिडिया कन्सलटेन्सीले आयोजना गरेको कार्यक्रममा यूवाहरुले मोदीको नेपाल भ्रमणलाई स्वागत गर्दै प्रर्दशन गरेका हुन । सो संस्थाले काठमाडौंमा गरेको यो दोस्रो कार्यक्रम हो ।

नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध थप सुधार गर्न भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले थप सहयोग गर्ने छ, फाउण्डेसनका प्रमुख बिकास ठाकुरले भने, ‘मोदीको स्वागतका लागि नेपाली जनता आतुर छन् भन्ने सन्देश हामी दिन चाहान्छौं ।’

दुई देशको झण्डा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बीर अंकित टिर्सट लगाएका यूवाहरुले छिमेकी देश भारतसँग सबन्ध मैत्रीपूर्ण र सौहार्द हुनुपर्ने भन्दै नारावाजी समेत गरेका थिए । कार्यक्रममा काठमाडौंका झण्डै डेढसय जना सहभागि थिए ।

यही बैशाख २८ गते बाट शुरु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो भ्रमणको पूर्वसन्ध्यामा यसअघि काठमाडौंको माईतिघरमण्डलीमा समेत प्रर्दशन भईसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ