arrow

अब कांग्रेस एकजुट भएर अघि वढ्छ : सिटौला

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख २३ आइतबार
krishna-prasad-sitoula.jpg.jpeg

पाँचथर । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अब कांग्रेस एकजुट भएर अघि वढ्ने बताएका छन् । पाँचथरको फिदिममा आइतवार पार्टीका नेता कार्यकर्ताहरु सँगको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा वोल्दै उनले यस्तो बताएका हुन् ।

पार्टी भित्र फरक मत हुन सक्ने तर फरक मतलाई नेतृत्वले स्वीकार्नुपर्ने उनको भनाई छ । यस्तै बामगठवन्धनको अहिलेको सरकारले नागरिकको पक्षमा चित्तवुझदो काम नगरिरहेको बताए । मुलुकमा अहिले पनि कानुन बन्न नसकिरहेको,लगानीमैत्री वातावरण निर्माणका लागि सरकार लाग्न नसकिरहेको उनले आरोप लगाए ।

उनले फरक फरक धारबाट आएका दुई कम्यूनिष्टहरु एमाले र माओवादीको पार्टी एकीकरण हुने कुरामा समेत शंका ब्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ