arrow

सशस्त्र प्रहरीका आठ डीआईजीको सरुवा, को कता ? 

प्रवक्तामा श्रेष्ठ

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
apf1.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलले आठ जीआईजीको सरुवा गरेको छ । गृह मन्त्रालयले गरेको सरुवा अनुसार डिआईजी सुरजकुमार श्रेष्ठ आईजिपीको सचिवालय, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालय, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालय, बसन्तकुमार बानियाँ कार्य विभाग र मन्दिप श्रेष्ठलाई पुर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ ।

त्यसैगरी डिआईजी चिरन्जीवी अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा, नगेन्द्र थापा सुदुरपश्चिमस्थि वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।

एपीएफले आइतबार राति आफ्नो वेभसाइटमा सरुवाको जानकारी राखेको भए पनि केही समयपछि यसलाई हटाएको थियो । सम्बन्धित प्रमुखहरु केही आफ्नो क्षेत्रमा पुगिसकेको र केही पुग्न बाँकी रहेको एपीएफ स्रोतले जनाएको छ । 

प्रवक्तामा डिआईजी सुरजकुमार श्रेष्ठ नियुक्त भएको पनि उच्च स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ