arrow

चोर र भारतीय नागरिक छुटाउन स्थानीयले गरे प्रहरी चौकीमा आक्रमण

चार सुरक्षाकर्मी घाइते

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख २४ सोमबार
police2.jpg

वीरगन्ज। चोर र भारतीय नागरिक छुट्याउन सेढवावासीले प्रहरी चौकीमा सोमबार विहान गरेको आक्रमणमा परी चार जना  सुरक्षाकर्मी घाइते भएका छन् । विहान करिब ३ बजेको समयमा प्रहरी चौकी सेढवान स्थानीयले ढुङ्गामुडा गर्दा तीन जना प्रहरी सहायक निरीक्षक र एक जना प्रहरी जवान घाइते भएका हुन ।

घाइते चारै जनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भाइरहेको छ । घाइते हुनेमा प्रहरी सहायक निरीक्षक गोपाल खड्का, प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, प्रहरी सहायक निरीक्षक शम्भु महतो र प्रहरी जवान जय प्रकास यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिए ।

घाइते मध्ये प्रहरी सहायक निरीक्षक गोपाल खड्का र प्रहरी जवान यादवको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।  प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका चार जना भारतीय नागरिक र  चोरीको अभियोगमा पक्राउ परेका दुई जना नेपाली नागकिरलाई छुट्याउन सेढवा वासीले प्रहरी चौकीमा आक्रमण गरेको प्रहरी नायब उपरिक्षक लिम्बुले बताए ।

स्थानीयले आक्रमण गर्दा प्रहरी चौकीमा रहेको दुइ थान मोटरसाइकलमा आगजनी गर्नुको साथै प्रहरीको गाडिमा समेत तोडफोड गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले आश्रु ग्याँस र पछि केही राउण्ड सानो तथा ठुलो हतियारबाट हवाइ फायर गरिएको नायब उपरिक्षक लिम्बले जानकारी दिए । हवाइ फ्यरको संख्या एकिन गर्न बाकी रहेको बताउदै नायब उपरिक्षक लिम्बुले स्थानीयको आक्रमणमा प्रहरी चौकी सेढवामा समेत क्षती पुगेको जानकारी दिए ।

प्रहरीले गरेको समान्य बल प्रयोग पछि स्थिती नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मदक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा सवार भई भारत तर्फ गइरहेको चार जना भारतीयलाई आइतबार बेलुका प्रहरी चौकी महादेवपट्टीका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा प्रहरीलाई नैं हातपात गरेपछि उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

उनिहरुलाई आवश्यक कार्वाहिका लागि प्रहरी चौकी सेढवामा राखिएको थियो भने, चोरीको अभियोगमा सुर्वणपुरबाट पक्राउ गरिएका दुई जना अभियुक्तलाई समेत सोही चौकीमा राखिको प्रहरीले जनाएको छ । चौकीमा रहेका ६ जना अभियुक्तलाई छ्ट्याउन ढुङगामुडा तथा आगजनी गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ