arrow

मोदी आउने पूर्वसन्ध्यामा भारतीय सेनाको विमान जनकपुरमा

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
Indian_Army_aircraft.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन ५ दिन अगाडि  भारतीय वायु सेनाको विमान जनकपुर विमानस्थलमा अवतरण गरेको छ । सोमवार  दिउँसो  १ बजे भारतीय सेनाको विशेष विमान जनकपुर विमानस्थलमा अवतरण गरेको हो ।

भारतीय वायु सेनाको विमान दिल्लीबाट सिधै जनकपुर आएको हो ।विमानमा मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मी र सुरक्षा अधिकारीहरू रहेको जनाइएको छ ।  विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ ।

यसअघि भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर पुगेको थियो । राजदूत पुरी नेतृत्वको टोलीले मोदीको अभिनन्दनस्थल बाह्रबिघा मैदान अवलोकन गरेको थियो ।  भारतीय इन्डियन फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको थियो । जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो। मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन्।

भ्रमणका वेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाब समेत दिएका छन्। उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको स्रोतको भनाइ छ। मोदी यही वैशाख २८ मा नेपालको  दुर्इदिने भ्रमणमा आउदैछन् ।

  वैशाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ जादै छन् । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ